एफए कप जुन २७ बाट सुरु हुने

इंग्ल्यान्डको सबैभन्दा पुरानो क्लब फुटबल प्रतियोगिता एफए कप जुन अन्तिम साताबाट सुरु हुने भएको छ । कोरोना भाइरसका महामारीका रुपमा फैलिएपछि रोकिएको एफकप आगामी जुन २७ बाट सुरु हुने भएको छ ।

कोरोनाका कारण प्रतियोगिता रोकिनुअघि अन्तिम १६ का खेल सकिएको छ । इंग्ल्यान्ड फुटबल एसोसिसनले शुक्रबार एफए कपको बाँकी तालिका सर्वाजनिक गरेको छ । तालिकाअनुसार जुन २७ र २८ मा क्वाटरफाइलनका खेलहरु हुने छन् ।

यसैगरी एफए कप सेमिफाइलनमा जुलाई ११ र १२ तारिखमा हुने भने फाइनल अगस्त १ मा हुने तालिका एसोसिएसनले सर्वाजनिक गरेको छ ।

एफए कपको क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले न्युक्यासल युनाइटेड, चेल्सीले लेस्टर सिटी, आर्सननले सेफिल्ड युनाइटेड तथा म्यान्चेस्टर युनाइटेडले नर्विस सिटीसँग खेल्ने छन् ।

कोरोनाका कारण रोकिएको प्रिमियर लिग एफए कप सुरु हुनु १० दिनअघि अर्थात् जुन १७बाट सुरु हुने छ । म्यान्चेस्टर सिटी र आर्सनल तथा एन्टन भिल्ला र सेफिल्ड युनाइटेडबीचको खेलसँगै प्रिमियर लिग सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *