फ्लेमेङ्गोलाई हराउँदै बायर्न अन्तिम ८मा, सेमिफाइनल प्रवेशका लागि पिएसजीसँग खेल्ने

30 Jun, 2025
Share:
117 Shares

जर्मन जायन्ट बायर्न म्युनिख अमेरिकामा जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा ब्राजिलियन क्लब फ्लेमेङ्गोमाथि ४–२को जित निकाल्दै बायर्न क्वाटरफाइनलमा प्रवेश गरेको हो।

बायर्नको जितमा ह्यारी केनले २ गोल गरे भने लियोन गोर्टेज्काल १ गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो। यता, फ्लेमेङ्गोका गेर्सन र जोर्गिन्होले गोल गरेका थिए।

खेलको छैठौं मिनेटमा आत्घाती गोलमा बायर्नले अग्रता लियो। फ्लेमेङ्गोका इरिक पुल्गरले गोल गरेका थिए। नवौं मिनेटमा केनले गोल गरेपछि खेला बायर्नले २–०को अग्रता लियो।

३३औं मिनेटमा गेर्सनले गोल गर्दै फ्लेमेङ्गोलाई खेलमा फर्काउने प्रयास गरे। तर, ४१औं मिनेटमा गोर्टेज्काले गोल गरेपछि पहिलो हाफमा बायर्नले ३–१को अग्रता लियो।

५५औं मिनेटमा जर्गिन्होले गोल गर्दै पुनः फ्लेमेङ्गोलाई खेलमा फर्काउने प्रयास गरे। फेरि केनले ७३ मिनेटमा गोल गरेपछि बायर्न ४–२ले विजयी भयो।

अब बायर्नले क्वाटरफाइलनमा फ्रेन्च क्लब पिएसजीसँग खेल्ने छ। पिएसजी इन्टर मियामीलाई हराउँदै क्वाटरफाइनलमा पुगेको हो।