क्लब विश्वकपमा पिएसजीसँग मेसीको मियामीको फराकिलो हार

30 Jun, 2025
Share:
117 Shares

अर्जेन्टिनी स्टार लियोनल मेसीको टिम इन्टर मियामी क्लब विश्वकपको अन्तिम १६बाटै बाहिरिएको छ। आइतबार राति भएको खेलमा मेसीकै पूर्व क्लब पिएसजीसँग ४–०को फराकिलो हार व्यहोर्दै मियामी अन्तिम १६बाटै बाहिरिएको हो।

यता, मियामीमाथि सादनर जित निकाल्दै पिएसजी भने क्वाटरफाइनलमा प्रवेश गरेको छ। पिएसजीको जितमा जोआ नेभेसले २ गोल गरे भने अर्चरफ हाकिमीले १ गोल गरे। अर्को गोल आत्मघाती भएको थियो।

खेलको छैठौं मिनेटमा नेभेसका गोलमा पिएसजीले अग्ता लियो। उनले नै ३९ मिनेटमा टिमको अग्रता दोब्बर बनाए। ४४ औं मिनेटमा थोमस अविलेसले आफ्नै पोस्टमा गोल गरेपछि पिएसजीले ३–०को अग्रता लियो।

पहिलो हाफकै इन्जुरी समयको तेस्रो मिनेटमा अर्चरफ हाकिमीले गोल गरेपछि पिएसजीले ४–०को अग्रता लियो। दोस्रो मियामीले केही सुधारिएको खेल प्रदशएन गरेको थियो। थप गोल नहुँदा खेल त्यतिमै सकियो।