रियल मड्रिड र डर्टमन्डको जितसँगै पुरा भयाे फिफा क्लब विश्वकपको क्वाटरफाइनल समीकरण

2 Jul, 2025
Share:
117 Shares

अमेरिका जारी फिफा क्लब विश्वकपको क्वार्टरफाइलन समीकरण पुरा भएको हो। अन्तिम १६का अन्तिम दुई खेलमा युरोपियन जायन्ट रियल मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्ड विजयी भएसँगै क्लब विश्वकपको अन्तिम ८को समीकरण पुरा भएको हो।

यसअघि नै ब्राजिलियन क्लबद्वय पाल्मेइरस र फ्लुमिनेस, इंग्लिस क्लब चल्सी, फ्रेन्च क्लब पिएसजी, जर्मन क्लब बायर्न म्युनिख तथा साउदी क्लब अल हिलाल अन्तिम ८ पुगिसकेका थिए।

क्वाटरफाइलनमा पाल्मेइरस र चेल्सी, पिएसजी र बायर्न म्यूनिख, फ्लुमिनेस र अल हिलाल तथा रियल र डर्टमन्ड भीड्ने छन्।

मंगलबार राति भएको खेलमा रियलले इटालिन क्लब युभेन्ट्समाथि १–०को जित निकाल्यो। रियलको जितमा युवा स्ट्राइकर गोन्जालो गार्सियाले गोल गरे। खेलमा युभेन्ट्समाथि पूर्ण रुपमा दबाब बनाए पनि १ गोल मात्रै गर्न सक्यो। उनले २१ सट प्रहार गर्दा ११ सट फ्रेममा थियो।

यता, बुधबार बिहान भएको खेलका डर्टमन्डले मेक्सिकन क्लब मोन्टेरीमाथि २–१को जित निकाल्यो। खेलमा डर्टमन्डका लागि सेहु गुइरासीले दुवै गोल गरे भने मोन्टेरीका लागि जर्मन बेन्टेरमीले गोल गरे।