फिफा महिला वरियतामा नेपालको छलाङ, एकै पटक १३ स्थान माथि उक्लियो

7 Aug, 2025
Share:
117 Shares

फिफा वरियतामा नेपाली महिला फुटबल टिमले छलाङ मारेको छ। फिफाले गरेको नयाँ अपटेड अनुसार नेपाली महिला फुटबल टिम अहिलेसम्मकै उच्च वरियतामा पुगेको छ।

अघिल्लो वरियतामा १००औं स्थानमा रहेको नेपाल एकै पटक १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा आएको छ।

यसअघि नेपालको उच्च वरियता ९१औं थियो। एसियाली राष्ट्रहरुमध्ये नेपाल १६औं स्थानमा छ।

अघिल्लो महिना भएको एएफपसी एसियन कप छनोटमा गरेको प्रदर्शन पछि नेपालले फिफा वरियतामा छलाङ मारेको हो। नेपालले छनोटका तीन खेल २ जित र १ बराबरी खेलेको थियो। नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि एसियन कपमा भने पुग्न सकेको थिएन।

फिफा वरीयतामा स्पेन एकस्थान माथि उक्लँदै शीर्ष स्थानमा रहँदा अमेरिका दोस्रो स्थानमा झरेको छ।