विश्वकपमा आयोजक अमेरिकाको सानदार जित, रोकियो क्यानडा

13 Jun, 2026

फिफा विश्वकपमा आयोजक अमेरिकाले सानदार सुरुवात गरेको छ।

आज बिहान लस एन्जल स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वेमाथि ४–१ को सानदार जित निकाल्यो।

अमेरिकाको जितमा फ्लोरिन बालुगनले २ गोल गर्दा जियोभानी रेयनाले एक गोल गरे। अर्को गोल आत्मघाती भएको थिायो। यता पाराग्वेका मौरिसियाले गोल गरेका थिए।

खेलमा ७औं मिनेटमै आत्मघातीमा अमेरिकाले सुरुआती अग्रता लियो। वेस्टन म्याकेनीको प्रहार रोक्न क्रममा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले आफ्नै पोस्टमा गोल हानेका थिए।

३१औं मिनेटमा बालुगनले अमेरिकाको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा बालुगनले नै गोल गरेपछि पहिलो हाफमै अमेरिकाले ३–०को अग्रता लियो।

७१औं मिनेटमा पाराग्वाका मौरिसियाले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे। तर, दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रेयनाले गोल गरेपछि अमेरिका ४–१ल्े विजयी भयो।

त्यसअघि शुक्रबार राति भएको खेलमा अर्को आयोजक क्यानडा भने बरारबीमा रोकियो। घरेलु मैदानमा भएको खेलमा क्यानडा बोस्निया एण्ड हर्जगोभिनाले १–१ को बराबरीमा रोकियो।

खेलमा अग्रता बोस्नियाले लियो। २१औं मिनेटमा उसका जोभो लुकिसले गोल गरेका थिए। उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो। क्यानडाका साइल लारिनल ७८औं मिनेटमा गोल गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]