राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचार मुद्दा, जागिरमा नक्कली प्रमाणपत्र पेस गरेको आरोप

Read Time:2 Minute

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ। नेपाल प्रहरीमा जागिर खाँदा नक्कली प्रमाणपत्र पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदखालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

पूर्वखेलाडी तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्वप्रशिक्षक समेत रहेका खड्काले २०५५ कात्तिक १ गते प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति हुँदा माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाणपत्र पेश गरेको अख्तियारलले दाबी छ।

सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट व्यवसायिक फुटबल फुटबल खेलेका खड्काले त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकका रुपमा काम गरेका थिए । तर, प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए।

खड्काले नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई आफूसमेतलाई लाभ हुने बदनियत राखी भ्रष्टाचारजन्य काम गरेको अख्तियारले जनाएको छ। खड्कालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र १० देखि २० हजारसम्म जरिवाना सजाय माग गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आहा रारा गोल्डकपमा एपिएफसँग मछिन्द्र स्तब्ध, सेमिफाइनलमा मछिन्द्र ३–१ले पराजित
Next post नेपाल सुपर लिग : दोस्रो संस्करण चैत अन्तिम साता, तीन टिम थपिने, दुई मैदानमा खेलाइने
Close