क्लब फुटबलफुटबल

एमएसलको डेब्यू खेलमै मेसीले गरे गोल, इन्टर मियामी विजयी

अर्जेन्टिनी सुपरस्टार लियोन मेसीले मेजर सकर लिग (एमएसए)मा डेब्यू गरेका छन्। सबैलाई आश्चर्यमा पार्दै पिएसजी छाडेर इन्टर मियामीमा आबद्ध भएका मेसीले आइतबार बिहान न्यु योर्क रेड बुल्सविरुद्ध एमएसएलमा डेब्यू गरेका हुन्।

मेसीले एमएसएलको डेब्यू खेलमै गोल गर्दै टिमलाई २–०को जित दिलाए। मियामीका लागि उनले ८९औं मिनेटमा गोल गरेका थिए। त्यसअघि ३७औं मिनेटमा डिएगो गोमेजले मियामीलाई अग्रता दिलाएका थिए।

लिगअघि नै मेसीले मियामीका लागि ८ खेल खेलिरहेका छन्। जसमा उनले १० गोल गरेका छन्। मेसीको उत्कृष्ट प्रदर्शन मद्दतमा मियामीले क्लब इतिहासकै पहिलो उपाधिका रुपमा लिग कप जितेको थियो। यस्तै, मियामी युएस ओपनको फाइनमा पुगेको छ।