क्लब फुटबलफुटबल

डिफेन्डिङ च्याम्पियनमाथि इन्टर मियामीको जित, मेसीले गरे २ असिस्ट

मेजर सकर लिगमा लियोनल मेसीको टिम इन्टर मियामी विजयी भएको छ। सोमबार बिहान भएको खेलमा मेसीको उत्कृष्ट प्रदर्शन मद्दतमा मियामीले डिफेन्डिङ च्याम्पियन एलए ग्यलेक्सीमाथि ३–१को जित निकाल्यो।

बीएमओ स्टेडियममा भएको खेलमा १४औं मिनेटमा फकुन्डो फारिएसले गोल गर्दै इन्टर मियामीलाई अग्रता लियो। ५१औं मिनेटमा जोर्डी अल्वाले मेसीको पासमा गोल गदैृ मियामीको अग्रता दोब्बर बनाए।

५१औं मिनेटमा जोर्दी अल्वाले मेसीको पासमा गोल गर्दै इन्टर मियाकीको अग्रता दोब्बर पारे। मेसीकै पासमा लुकास काम्पनाले ८३औं मिनेटमा इन्टर मियामीका लागि तेस्रो गोल गरे।

साविक विजेता एलए ग्यालेक्सीका लागि राएन होलिङशेडले ९०औं मिनेटमा सान्त्वना गोल फर्काए।

मेसीको आगमनपछि नै अपराजित इन्टर मियामीले २५ खेलबाट २५ अंक जोड्दै इस्टर्न कन्फेरेन्सको १४औं स्थानमा छ भने समग्रमा अंकतालिकामा २९ टिममध्ये २७औं स्थानमा छ ।