मेसी चम्किँदा इन्टर मियामी विजयी

20 Jul, 2025
Share:
117 Shares

लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि मेजर लिग सकरमा इन्टर मियामीले सानदार जित निकालेको छ। आइतबार बिहान भएको खेलमा मेसीले २ गोल र २ असिस्ट गरेपछि मियामीले न्युयोर्क रेड बुल्समाथि ५–१को सानदार जित निकाल्यो।

खेलमा मेसीबाहेक टेलस्को सेगोवियाले पनि २ गोल गर्दा जोर्डी अल्बा पनि गोल गरे। रेड बुल्स्का अलेक्जेन्डर हकले गोल गरेका थिए।

खेलमा अग्रता रेड बुल्सले लियो। उसका हकले १४औं मनेटमा गोल गरेका थिए। तर, त्यसपछि तीन मिनेटमा २ गोल गर्दै मियामीले खेलमा फर्कियो। २४औं मिनेटमा अल्बाले बरबाबरी गोल गरे। २७औं मिनेटमा सेगोवियाले २७औं मिनेठमा गोल गर्दै टिमलाई अग्रता दिलाए। दुवै गोलमा मेसीले पास दिएका थिए।

इन्जुरी समयको तेस्रो मिनेटमा सेगोवियाले नै गोल गरेपछि मियालीले पहिलो हाफमा ३–१को अग्रता लियो। त्यसपछि दोस्रो हाफमा मेसीले २ गोल थपे। उनले ६० र ७५औं मिनेटमा गोल गरेका थिए। यो सँगै मेसी २ सिजनमा ३५ गोल र २५ असिस्ट गर्ने पाँचौं खेलाडी बनेका छन्।

जितपछि मियामी २१ खेलमा ४१ अंक जोड्दै मियाममी पाँचौं स्थानमा छ। उसले अन्य टिमभन्दा ३ खेल कम खेलेको थियो। रेड बुल्स भने ३३ अंकसहित नवौं स्थानमा छ।