मेसीको मियामी लिग कप उपाधिबाट चुक्याे, सेआटल साउन्डर्ससँग ३-० ले पराजित

1 Sep, 2025
Share:
117 Shares

लियोनल मेसीको टिम इन्टर मियामी लिग कप उपाधिबाट वञ्चित भएको छ। सोमबार बिहान भएको फाइनलमा सेआटल साउन्डर्ससँग ३–०को फराकिलो अन्तरले पराजित भएपछि मियामी उपाधिबाट वञ्चित भएको हो।

मियामीले मेसीसँगै स्टार खेलाडीहरु लुइस सुआरेज, जोर्डी अल्बा, सर्जियो बुस्केट्सलाई मैदान उतार पनि टिम फिका देखियो।

खेलमा २६औं मिनेटमा ओसाजे डे रोजारियोको गोलमा सेआटलले अग्रता लियो। त्यसपछि एलेक्स रोल्डनले ८४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। ८९औं मिनेटमा पाउल रोथरकले गोल गरेपछि सेआटल ३–०ले विजयी भयो। र, उपाधि उचाल्याे।

खेलमा मियामीले ६० प्रतिशत बल पोजेसन बनाउँदै १० सट प्रहार गरेपनि एउटै सट टार्गेटमा राख्न सकेन। यता, सेआटलले ११ सट प्रहार गर्दा ७ सट टार्गेटमा थियो।