फिफा विश्वकपका लागि जापानका टिम घोषणा

15 May, 2026

फिफा विश्वकप २०२६ का लागि जापानले अन्तिम टोली घोषणा गरेको छ। जापानले शुक्रबार विश्वकपका लागि इन्डो वातारुको कप्तानीमा २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपमा जापान समूह एफमा छ। समुह चरणमा जापानले नेदरल्यान्ड्स, स्वीडेन र ट्युनिसियासँग खेल्नेछ।

जापानी टिममा अधिकांश खेलाडी युवापका विभिन्न देशका लिग खेल्ने खेलाडीहरु छन । जसमा इंग्लिस क्लब लिभरपुलबाट खेल्ने वातारु एन्डोसहित क्रिस्टल प्यालेसमा दाइची कामाडा, बायर्न म्युनिखबाट खेल्ने हिरोकी इतो लगायत खेलाडी जापानी टोलीमा समावेश छन्।

टिममा जापानकै जे लिग खेल्ने जम्मा तीन खेलाडी डिफेण्डर युतो नागातोमो तथा डिफेण्डरद्वय केइसुके ओसाका र तोमोकी हायाकावा मात्र छन्।

जापानको टिम

गोलकिपर : जिओन सुजुकी, केइसुके ओसाका, तोमोकी हायाकावा

डिफेण्डर : युतो नागातोमो, ताकेहिरो तोमियासु, को इताकुरा, शोगो तानिगुची, हिरोकी इतो, युकिनारी सुगावारा, आयुमु सेको, तुयोशी वातानाबे, जुन्नोसुके सुजुकी

मिडफिल्डर : वातारु एन्डो, जुन्या इतो, रित्सु दोओन, दाइची कामाडा, ताकेफुसा कुबो, आयओ तानाका, केरेइतो नाकामुरा, काइशु सानो

फरवार्ड : आयसे उएदा, दाइजान माएदा, कोकी ओगावा, युइतो सुजुकी, केइसुके गोतो, केन्टो शिओगाई

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]