नेदरल्यान्ड्सविरुद्ध जर्मनीको उत्कृष्ट कमब्याक

15 Jun, 2026
Share:
117 Shares

विश्वकपमा जापानले बलियो नेदरल्यान्ड्सविरुद्ध सानदार प्रदर्शन गरेको छ। सोमबार बिहान भएको खेलमा २ पटकपछि परेको अवस्था उल्टाउँदै जापानले नेदरल्यान्ड्सलाई २–२को बराबरीमा रोक्यो।

डलास स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा सबै गोल भएका थिए ।

५०औं मिनेटमा भिर्गिल भान डाइकले हेडरमार्फत गोल गर्दै नेदल्यान्ड्सलार्य सुरुआती अग्रता दिलाए। त्यसको सात मिनेटमा नै जापानले बराबरी गोल फर्कायो।केइतो नाकामुराले गोल गर्दै खेल बराबरीमा ल्याए।

खेल बराबरीमा आएको सात मिनेटपछि नै नेदरल्यान्ड्सले पुनः अग्रता लियो। ६४औं मिनेटमा नेदरल्यान्ड्सका क्रिसेन्सो समरभिलले गोल गरे।

८९औं मिनेटमा जापानका डाइची कामाडाले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले कर्नरमा प्राप्त बललाई हेडमार्फ पोस्टको दिसा दिए।