झापा गोल्डकप : थ्री स्टारमाथि संकटाको जित

Read Time:1 Minute

ए डिभिजन क्लब संकटा क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार डोमलाल राजवंशी रंगशालामा भएको खेलमा अर्को ए डिभिजन क्लब थ्री स्टारलाई २–०ले हराउँदै संकटा सेमिफाइनलमा पुगेको हो ।

संकटाको जितमा यानिक र फोडे फोफोनाले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा २५औं मिनेटमा डिबक्सभित्रबाट यानिकले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ १–० ले अघि रहेको संकटाका लागि खेलको ६३औं मिनेटमा फोडे फोफोनाले दोस्रो गोल गर्दै २–० को अग्रता दिलाए ।

थप समयमा गोल हुन नसकेपछि संकटा २–० ले विजयी भएको हो । मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की भए ।

बुधबारको क्वाटर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको मानेभञ्ज्याङ फुुटबल क्लबबिच हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बी डिभिजन लिगमा सरस्वती र टुसालले खेले बराबरी
Next post खप्तड गोल्डकप : पहिलो खेलमा हार्‍यो लिग च्याम्पियन मछिन्द्र
Close