एट्लान्टालाई हराउँदै युभेन्ट्सले जित्यो कोपा इटालिया उपाधि

युभेन्ट्सले सिजनको दोस्रो उपाधिका रुपमा कोपा इटालिया जितेको छ। बुधबार राति भएको फाइनलमा एट्लान्टालाई २–१ले पराजित गर्दै युभेन्ट्सले कोपा इटालिया उपागि जितेको हो ।

युभेन्ट्सलाई जित दिलाउन डेभान कुलुसेस्की र फेडेरिको किएसाले गोल गरेका थिए भने एट्लान्टाका रुस्लान मालिनोवस्कीले गोल गरेका थिए।

३१ औं मिनेटमा कुलुसेस्कीले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाए । ४१ औं मिनेटमा रुस्लान मालिनोवस्कीले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरीमै सकियो।

७३ औं मिनेटमा किएसाले गोल गर्दै युभेन्ट्सलाई उपाधि दिलाएका हुन् । खेल सकिन दुई मिनेटअघि टालोई रातो कार्ड खादै मैदान बाहिरिएपछि एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो ।

यो युभेन्ट्सको कोपा इटालियाको १४औं उपाधि हो। उसले सन् १९६३ पछि पहिलो पटक यो उपाधि हात पारेको हो। फाइनलमा करिब साढे ४ हजार दर्शक उपस्थित थिए ।

Facebook Comments Box