किरण चेम्पोङ र आयुष घलानले एउटै टिमबाट बंगलादेशमा लिग खेल्ने, आजै बंगलादेश गए

13 Aug, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ र विंगर आयुष घलानले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।

नेपाली राष्ट्रिय टिमका यी दुवै सदस्यलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो। लिग खेल्ने दुवै खेलाडी आजै साँझ बंगादेश प्रस्थान गरिसकेका छन्।

३५ वर्षीय किरणको उनको यो चौथो विदेशी क्लब हो भने आयुष पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन्।

किरणले यसअघि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब, भारतको मिनर्भा पञ्जाब र माल्दिभ्सको माजिया क्लबबाट खेलेका थिए।

पहिलो पटक विदेशी लिन खेल्न लागेका आयुषले ए डिभिजन लिग क्लब थ्री स्टार, संकटा, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेडबाट खेलेका छन् भने नेपाल सुपर लिग उनले पोखरा थन्डर्सबाट पनि खेलेका थिए।

यी दुईसँगै राष्ट्रिय टिमका अर्का सदस्य डिफेन्डर अभिषेक लिम्बूले पनि बंगलादेशको लिग खेल्ने छन्। उनी रहमतगञ्ज एमएफएसमा अबाद्ध छन्।