नेपालका नम्बर १ गोलकिपर किरणलाई विदेशी प्रायोजन

नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर एक गोलकिपर किरण चेम्जोङलाई विदेशी कम्पनीले प्रायोजन गरेको छ । साइप्रसको ग्लोभ्स कम्पनी आरजीले किरणलाई ग्लोभ्स प्रायोजन गरेको हो ।

किरणले आरजीसँग दुई वर्षको सम्झौता गरेका छन् । विदेशी कम्पनीले नेपाली फुटबलरलाई किट्स प्रायोजन गरेको यो पहिलो पटक हो । सम्झौता अनुसार आरजीले वार्षिक २० जोर ग्लोब्स उपलब्ध गराउने छ ।

आफ्नो इन्स्टाग्राम पेज भेरिभाइड भएपछि विभिन्न खालका अफरहरू आउने गरेको र आरजीसँग पनि त्यसरी नै जोडिएको किरणले बताएका छन् । किरणले भने, ‘आरजीसँग इन्स्टाबाटै जोडिएको हुँ । अहिले उनीहरूले विश्वमै यो प्रोडक्ट स्पोनसर गरिरहेक छन् । मलाई पनि साउथ एसियाबाट लिएको हो ।’

किरणले आफ्नो लागि पनि यो नयाँ अनुभव रहेको र नेपाली खेलाडीलाई प्रायोजन गर्नु अझ राम्रो भएको बताए । यसबाट भविष्यमा अझै राम्रो अफर आउने र अन्य खेलाडीहरूको लागि पनि स्पोनसर आउन सक्ने किरणले बताए । उनले सम्बन्ध राम्रो भए अरु गोलकिपरको लागि पनि सहयोग गर्न सकिने बताएका छन् ।

किरणले नेपालबाहेक भारत र माल्दिभ्समा पनि व्यवासयिक लिग खेलिसकेका छन् । उनले तीनवटै देशमा लिग जित्दा माल्दिभ्स नेपाली लिगमा उत्कृष्ट गोलकिपरको पुरस्कारसमेत पाइसकेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.