नेपाली महिला टोलीलाई प्रधानमन्त्री ओलीले दिए जितको शुभकामना

5 Jul, 2025
Share:
117 Shares

प्रधानमन्त्री केपी ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ अन्तिम खेल खेल्न लागेको नेपाली टिमका सदस्यहरुलाई जितको शुुभकामना दिएका छन्।

समूहको अन्तिम खेलमा आज राति ९ः१५ बजे नेपाली टिमले घरेलु टोली उज्वेकिस्तानसँग खेल्दै छ। आजको खेल जिते नेपाली टिम अर्को अस्ट्रेलियामा आयोजना हुने एसिनय कपका लागि छनोट हुनेछ।

त्यसैले यो खेल नेपालका लागि महत्वपूर्ण छ। उज्वेकिस्तान पछि नेपाललाई हराउँदै सन् २००३ पछि एसियन कप खेल्न चाहन्छ।

उज्वेकिस्तानसँग खेल्नुअघि नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले शनिबार भर्चुअल मार्फत कुराकानी गरेका थिए। उनले नेपाली टोलीलाई उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्दै एसियन कपमा छनोट हुन शुभकामनसँगै हौसला पनि दिए।

समूह चरणमा नेपाल र उज्वेकिस्तान दुवै अपराजित छन्। दुवै टिमले २ खेलमा समान १७ गोल गर्दा कुनै गोल खाएका छैनन्। त्यसैले आजको खेल बराबरीमा सकिए, निर्णय पेनाल्टीमार्फत हुनेछ।