एल क्लासिकोमा रियललाई हराउँदै बार्सिलोना बन्यो च्याम्पियन

11 May, 2026
Share:
117 Shares

बार्सिलोनाले चिरप्रतिद्वन्द्वी प्रतिद्वन्द्वी रियल मड्रिडसँगको दोस्रो एकल क्लासिको खेल जित्दै स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

गएराति घरेलु मैदानमा खेलमा बार्सिलोनाले रियललाई २–० ले पराजित गर्दै लगातार दोस्रोपटक अनि समग्रमा २९औं उपाधि जितेको हो ।

बार्सिलोनाका लागि मार्कस रासफर्डले नवौं मिनेटमा आकर्षक फ्रिकिकमार्फत पहिलो गोल गरेका थिए । त्यसपछि १८औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल गरे । त्यसपछि भने गोल भएनन् ।

यस जितसँगै बार्सिलोनाले सिजन सकिन तीन खेल बाँकी रहँदै ला लिगा उपाधि जितेको हो । बार्सिलोनाको ३५ खेलबाट ९१ अंक भएको छ भने दोस्रो स्थानको रियलको समान खेलबाट ७९ अंक छ ।

बार्सिलोना यस सिजन घरेलु मैदानमा अपराजित रह्यो । उसले घरेलु मैदानमा खेलेका सबै १८ खेल जित्दै प्रभावशाली प्रदर्शन गरेको थियो ।

प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले लगातार ११ खेल जित्दै उपाधि यात्रा पूरा गरेको हो ।