ला लिगा : हार्‍यो गेटाफे, रोकियो भ्यालेन्सिया

कोरोना भाइरसको महामारीका कारण तीन महिना पछि सुरु भएको ला लिगामा शुक्रबार दुई खेल भए । पहिलो खेलमा गेटाफे र ग्रानडा भिडेका थिए भने अर्को खेल भ्यालेन्सिया र लेभान्तेबीच भएको थियो ।

पहिलो खेलमा घरेलु मैदानमा ग्रानडाले गेटाफेलाई २–१ले पराजित गर्दा अर्को खेलमा भ्यालेन्सिया लेभान्तेसँग १–१ गोलको बराबरीमा रोकियो ।

गेटाफेले २०औं मिनेटमा डेबिड टिमोरको गोलबाट लिएको थियो । ७०औं मिनेटमा जेनीले आत्मघाति गोल गरेपछि खेल बराबरीमा आएको थियो । ७९औं मिनेटमा कार्लोस फर्नान्डिज इक्कीसले गोल गर्दै गेटाफेलाई स्तब्ध बनाए ।

सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा गेटाफेले तालिकाको चौथो स्थानमा उक्लिने अवसर गुमायो भने च्याम्पियन्स लिग खेल्ने सपना थप बलियो बनाउने अवसर पनि गुमायो । ४६ अंकका साथ गेटाफे पाचौं स्थानमै रहँदा ग्रानडा ४१ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लियो ।

यसैगरी शुक्रबार राति नै भएको अर्को खेलमा भ्यालेन्सिया लेभान्तेसँग१–१ गोलको बराबरीमा रोकियो । यी दुईबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै खेलको अन्त्यतिर भएको थियो।

गोलरहित बराबरीतर्फ उन्मूल खेलको अन्तिम मिनेटमा रोड्रिगोको गोलमा भ्यालेन्सियाले अग्रता लियो, तर इन्जुरी समयमा मिलिरोले गोल गर्दै लेभान्तेलाई हारबाट जोगाए । इन्जुरी सयमको आठौं मिनेटमा पेनाल्टीमा मिलिरोले गोल गरेका थिए । लेभान्तेले खेलको अन्त्य १० खेलाडीमा रहेर गरेको थियो । ७४औं मिनेटमा रोजर मार्टी दोस्रो पहेँलो कार्ड खादै मैदान छाड्न बाध्य भएका थिए ।

भ्यालेन्सिया ४२ अंक जोड्दै तालिकाको सातौं स्थानमा यथावत रह्यो भने लेभान्तेले ३३ अंक जोडेर १३ औं स्थानमा उक्लियो । ला लिगामा ५८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ भने ५६ अंकका साथ रियल मड्रिड दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP