ला लिगामा रियल र बार्सिलोना विजयी

14 Apr, 2024

स्पेनिस ला लागिमा जाइन्ट क्लबहरु रियल मड्रिड र बार्सिालोना विजयी भएका छन्। शनिबार राति भएको खेलमा रियलले मालोर्का र बार्सिलोनाले कार्डिचलाई समान १–०ले हराए।

लिग लिडर रियललाई जित दिलाउन ओरालेन चुवामेनीले गोल गरे। पहिलो हाफ गोरहित बराबरीमा सकिएको खलमा दोस्रो हाफको तेस्रो मिनेटमै उनले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए। त्यसपछि गोल नहुँदा रियल विजयी भयो।

यता, बार्सिलोनाको जितमा जोआ फेलिक्सले निर्णायक गोल गरे। उनले ३७औं मिनेटमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा बार्सिलोना विजयी भयो।

जितपछि रियलले दोस्रो स्थानको बार्सिलोनाविरुद्ध ८ अंकको अग्रता बनाएको छ। ३१ खेलमा रियलका ७८ अंक छ भने बार्सिलोनाको ७० अंक छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]