लाउरेस ब्रेकथु अवार्ड बेलिङघमले जिते

23 Apr, 2024

लाउरेस वर्ल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड इंग्ल्यान्ड तथा स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर जुड बेलिङघमले जितेका छन्।

सिजनको सुरुआतमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट रियल आएका २० वर्षीय बेलिङघम क्लबको उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनकै उत्कृष्ट प्रदर्शन मद्दतमा रियल ला लिगा उपाधि नजिक छ भने च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो।

बेलिङघमले आइतबार एल क्लासिकोमा बार्सिलोवनालाई ३–२ ले पराजित गर्दा निर्णायक गोल गरेका थिए । उनले यो सिजन ला लिगामा १७ गोल गरेका छन् ।

यही प्रदर्शनका लागि बेलिङघमलाई लाउरेस ब्रेकथु अवार्ड प्रदान गरिएको हो।

लाउरेस वल्ड स्पोर्ट्सम्यान अफ द इयर अवार्ड सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले पाँचौ पटक जितेका छन् भने महिलातर्फ स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइटना बोनमाटीले जितिन् ।

बालोन डे’ओर अवार्ड होल्डर बोनमटीले आफ्नो क्लबलाई २०२२–२३ मा लिगा एफ, स्पेनिस कप र महिला च्याम्पियन्स लिग जिताएकी थिइन् ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]