लिभरपुलले विर्ट्जलाई दियो ७ नम्बरको जर्सी, इकिटिकेले २२ नम्बरकाे जर्सी लगाउने

1 Aug, 2025
Share:
117 Shares

कीर्तिमानी जर्मन विंगर फ्लोलिर विर्ट्जलाई लिभरपुले आगामी सिजनका लागि ७ नम्बरको जर्सी दिएको छ।

लिभरपुलले विर्ट्जलाई जर्मन क्लब बायर लेभरकुसनबाट ११६.५ मिलियन पाउण्ड खर्चिएर अनुबन्धन गरेको थियो। यो सँगै २२ विर्ट्ज प्रियिमर लिगकै सबैभन्द महँगा खेलाडी बनेका छन्।

यसअघि लिभरपुलमा ७ नम्बरको जर्सी लुइस डियाजले लागउँदै आएका थिए। यी कोलम्बियान विंगर लिभरपुल छाड्दै जर्मन क्लब बायर्न म्युनिख पुगेका छन्।

प्रिसिजन टुर अन्तर्गत योकोहामाविरुद्धको खेलमा उनी ५८ नम्बरको जर्सीका देखिएका थिए। यो उनको लिभरपुलमा डेब्यू खेल हो।

यस्तै, लिभरपुलले जर्मन क्लब फ्रांकफर्टबाट ९० मिलिनय युरोमा भित्र्याएका स्ट्राइकर हुगो इकिटिकेलाई २२ नम्बरको जर्सी दिएको छ। उसले लेभरकुसनबाट भित्र्याएका डिफेन्ड जेरेमी फ्रिम्पोङलाई ३०, बोर्नेमाउथबाट भित्र्याएका अर्का डिफेन्डर मिलोस केर्केजलाई ६ तथा गोलकिपर जिओर्जी ममर्दासविलीलाई २५ नम्बरको जर्सी दिएको छ।