लुकाकु बने बेल्जियमका सर्वाधिक गोलकर्ता

27 Jun, 2026
Share:
117 Shares

बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ ले पराजित गर्ने क्रममा लुकाकुले आफ्नो विश्वकप करियरको छैटौं गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।

३३ वर्षीय लुकाकुले खेलको ८६औं मिनेटमा गोल गर्दै बेल्जियमका लागि विश्वकपमा पाँच गोल गरेका ःबचअ ध्ष्mियतक को कीर्तिमान तोडे । यससँगै उनी विश्वकप इतिहासमा बेल्जियमका सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने ।

बेल्जियमको जितमा लियोनार्द ट्रोसार्डले दुई गोल गरे । खेलको २८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका ट्रोसार्डले दोस्रो हाफको सुरुआतमै आकर्षक गोल थप्दै व्यक्तिगत दोस्रो गोल पूरा गरेका थिए । त्यसपछि केभिन डि ब्रयुनले बक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै बेल्जियमको अग्रता ३–० पु¥याए ।

न्युजिल्यान्डका लागि एलिजले एक गोल फर्काए पनि त्यसपछि लुकाकुले हेडमार्फत गोल गर्दै टोलीको अग्रता अझ फराकिलो बनाए।

खेलको अन्तिम क्षणमा लुकाकुकै पासमा एलेक्ससीसले गोल गर्दै बेल्जियमको ५–१ को शानदार जित सुनिश्चित गरे । यस जितसँगै बेल्जियम समूह ‘जी’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ ।