म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा

20 Dec, 2023

इंग्लिस क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति भएको खेलमा जापानिज क्लब उरावा रड डाइमन्ड्सलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटीले फाइनलमा स्थान पक्का गरेको हो।

साउदी अरबको जद्दास्थित किङ अब्दुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा म्यानचेस्टरलाई फाइनलमा पु¥याउन माटियो कोभासिस र बर्नाडो सिल्भाले एक एक गोल गरेका थिए।

१ गोल भने सिटीले उपहार पाएको थियो । सिटीले पहिलो गोल नै उपहार पाएको हो । पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा उरावाका मारुस क्रिष्टोफरले आफ्नै पोस्टमा गोल गरेका थिए।

५२ औं मिनेटमा कोभासिसले अग्रता दोब्बर बनाए । उनले केइल वाल्करको पासमा गोल गरेका थिए।

यसैगरी ५९ औं मिनेटमा सिल्भाले गोल गरेपछि म्यानचेस्टर सिटी ३–० को सहज जितका साथ क्लब विश्वकपको फाइनलमा पुग्न सफल भयो । सिटीले अब शुक्रबार ब्राजिलियन क्ल्ब फ्लुमिनेन्ससँग् खेल्ने छ ।