लिभरपुलमाथि सिटीको पुनरागमन जित, उपाधि होड कायमै

9 Feb, 2026
Share:
117 Shares

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ। आइतबार राति भएको खेलमा सिटीले लिभरपुलमाथि २–१को पुनरागमन जित निकाल्यो।

लिभरपुलले ७४औं मिनेटमा डोमिनिक सोबोस्लाइको गोलमार्फत अग्रता लिएको थियो। ८४औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याए।

इन्जुरी समयको तेस्रो मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई जित दिलाए।

लामो समय चलेको इन्जुरी समयको १३औं मिनेमा सोबोस्लाइले रातो कार्ड समेत पाए। गोलकिपर अगाडि बढेको अवस्थामा मडिबाट रायन चार्कीले प्रहार गरेको बलमा पोस्ट नजिक हालान्ड चेज गरिरहेका थिए। उनलाई पछाडिबाट तानेपछि सोबोस्लाइले रेर्डकार्ड पाए।

जितपछि सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदूरी घटाएको छ। सिटीको २५ खेलमा ५० अंक छ । शीर्षस्थानको आर्सनलको ५६ अंक छ ।

पराजित लिभरपुल ३९ अंक जोडेर छैटौं स्थानमा छ।