उपाधि होडमा सिटी बलियो, लिभरपुलमाथि ३ अंकको अग्रता

Read Time:2 Minute

म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आइतबार न्युकासल युनाइटेडलाई ५–० ले हराएर उपाधि होड बलियो बनाएको छ । लिगमा अब तीन खेल बाँकी रहँदा सिटीले लिभरपुलमाथि ३ अंकको स्पष्ट अग्रता बनाउँदै शीर्ष स्थानमा उक्लेको छ ।

जितपछि सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ । लिभरपुलको समान खेलबाट ८३ अंक छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीलाई जिताउन रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै एमरिक लापोर्टा, रोड्री र फिल फोडेनले समान एक गोल गरे ।

घरेलु मैदानमा स्ट्रर्लिङले १९ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा एम्रिक लापोर्टले गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए ।

६१ औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटीको अग्रता तेब्बर बन्यो । ९० औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीको अग्रता ४–० ले अघि रह्यो ।त्यसपछि खेलको इन्जुरी समयमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५(० जित दिलाए ।

यस्तै आर्सनलले आइतबारै लिड्स युनाइटेडलाई २–१ ले हराएर शीर्ष चारमा स्थान मजबुत बनाएको छ । ३५ खेलबाट ६६ अंक जोडेको आर्सनल चौथो स्थानमा छ । आर्सनलले पाँचौ स्थानको टोटनहम हट्सपरमाथि ४ अंकको अग्रता बनाइसकेको छ ।

अब हुने खेलमा टोटनहमलाई पराजित गरे आर्सनलले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गर्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मड्रिड डर्बीमा एट्लेटिकोसँग हार्‍यो रियल
Next post प्रशिक्षक–खेलाडी विवाद छानबिन गर्न एन्फाले बनायो समिति
Close