
सिटीलाई हराउँदै लिभरपुले जित्यो कम्युनिटी सिल्ड
Read Time:1 मिनेट
लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गर्दै शनिबार कम्युनिटी सिल्डको उपाधि हात पारेको छ । नयाँ अनुबन्धित खेलाडी डारविन नुनेजको स्पष्ट प्रभाव देखिएको खेलमा लिभरपुल ३-१ ले विजयी रह्यो ।
योर्गन क्लोपका लागि नुनेजले बेन्चबाट मैदानमा आएपछि सुरुमा पेनाल्टीमार्फत गोल गरे भने त्यसपछि पनि अर्को गोल थपेका थिए । उनी सात करोड ७० लाख डलरमा बेनफिकाबाट लिभरपुल आएका हुन् । लिभरपुलले लेस्टरमा भएको खेलको पहिलो हाफमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको गोलले अग्रता लिएको थियो ।
पेप ग्वार्डिओलाका लागि नयाँ अनुबन्धित खेलाडी जुलियन एल्भारेजले बराबरी गोल फर्काए । मोहमद सलाहले पेनाल्टीबाट गोल गरेयता उरुग्वेली खेलाडी नुनेजले तेस्रो गोल थपेका थिए ।