एस्टन भिल्लामाथि युनाइटेडको उत्कृष्ट पुनरागमन जित

27 Dec, 2023

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले सानदार पुनरागन जित निकालेको छ। मंगलबार राति ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडले २ गोलले गरेपछि परेको अवस्था उल्टाउँदै तेस्रो स्थानको एस्टन भिल्लामाथि ३–२को जित निकाल्यो।

युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरे भने रास्मस होजलुन्डले १ गोल गरे। यता, भिल्लाका जोन म्याकगिन र लिन्डर डेन्डोन्करले गोल गरे।

२१औं मिनेमा कप्ता म्याकगिनले फ्रिकिकमा गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाए। २६औं मिनेटमा डेन्डोन्करले गोल गर्दै भिल्लाको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–०ले पछि परेको युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन ग¥यो। उसका गर्नाचोले ५९औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काए। ७१औं मिनेटमा गर्नाचोले नै युनाइटेडलाई बराबरी गोल फर्कायो।

८२औं मिनेटमा होजलुन्डले गोल गर्दै युनाइटेडलाई उत्कृष्ट पुनरामगन जित दिलाए। होजलुन्डको यो प्रिमियर लिगमा पहिलो गोल हो।

यो जितपछि युनाइटेड ३१ अंकसहित छैठौं स्थानमा उक्लिएको छ भने भिल्ला ३९ अंकसहित तेस्रो स्थानमै छ।