वेस्टह्यामसँग हार्‍यो युनाइटेड

24 Dec, 2023

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ। शनिबार राति भएको खेलमा युनाइटेड वेस्टह्यामसँग २–०ले पराजित भएको हो।

घरेलु मैदानमा वेस्टहमलाई जित दिलाउन जेरार्ड बोवेन र मोहम्मद कुडुसले गोल गरे। वेस्टहमले ६ मिनेट अन्तरमा गोल गरेको थियो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सएिको थियो। ७२औं मिनेटमा बोवेनको गोलमा वेस्टहमले अग्रता लियो। ७८औं मिनेटमा कुडुसले गोल गरेपछि युनाइटेड स्तब्ध भयो।

यस्तै, अकोृ खेलमा न्युकासल रेलिगेसन जोनमा रहेको लुटन टाउनसँग १–०ले पराजित भएको छ। लुटनलाई जित दिलाउन आन्द्रोस टाउनसेन्टले गोल गरेका थिए।

जितपछि वेस्टह्याम ३० अंकसहित छैठौं स्थानमा उक्लिउको छ भने युनाइटेड २८अंकसहित आठौं स्थानमा छ। न्युकासन २९ अंकसहित नवौं स्थानमा छ भने लुटन १२ अंकसहित १८औं स्थानमा छ।