चीनसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली यू–२३ टिमको घोषणा गरेको छ।

एन्फाले शुक्रबार राष्ट्रिय टिमका स्ट्राइकर मनिष डाँगीको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेका ेहो।

चिनियाँ नयाँ वर्षको चीनको युवा टिमसँग नेपाली यू–२३ टिमले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने लागेको खेल शनिबार दशरथ रंगशालामा हुन्छ।

यू–२३ टिमलाई राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले नै हेर्ने छन्। नेपाली टिममा आयुष घनाल, कशुल देउवा, पदम भट्टराई, लकेन लिम्बू, उत्सव राईजस्ता सिनियर टिमबाट खेलिसकेका खेलाडी पनि छन्।

मैत्रीपूर्ण खेलका लागि यान्सुको प्रान्तको टिम बिहीबार नै नेपाल आइपुगिसकेको छ। खेल दिउँसो ३ बजे सुरु हुनेछ।

नेपाली टिम : पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, बिशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सञ्जिव विष्ट, लकेन लिम्बु, उत्सव राई, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुश घलान, आशिक बाबु, मनिष डाँगी, सन्तोष महत, निरन्जन धामी र अन्जल महर्जन ।

Back To Top