घरेलु मैदानमा अन्तिम खेलमा एम्बाप्पेले गरे गोल, तर टिम पराजित

13 May, 2024

युवा स्टार केलियन एम्बाप्पेले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पिएसजी छाड्दैछन्। घरेलु मैदानमा एम्बाप्पेले आइतबार राति अन्तिम खेल खेले।

जसमा उनले आठौं मिनेटमै गोल गर्दै टिमलाई अग्रता पनि दिलाए। तर, उनको टिम टउलससँग ३–१ले पराजित भयो।

घरेलु मैदानमा अन्तिम खेल भएपनि पिएसजीले एम्बाप्पेको बिदाई भने गरे। उनी पिएसजीका सर्वाधिक गोल गर्न खेलाडी हुन्।

सात सिजन पिएसजीमा बिताएका उनले ३०७ खेलमा २५६ गोल गरेका छन्।

एम्बाप्पेले टिमसँगै उपाधि सेलेब्रेसन भने गरेका थिए। पिएसजीले यअसघि नै उपाधि जितिसकेको थियो।

पिएसजी छाड्ने घोषणा गरेका एम्बाप्पे स्पेनिस क्लब रियल मड्रिड जाने पक्का जस्तैछ। तर, औपचारिक घोषणा भने भइसकेको छैन।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]