बन्दुकधारीले दियाे मेसीलाई आक्रमणको धम्की

Read Time:1 Minute

एक बन्दुकधारीको समूहले अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीलाई आक्रमणको धम्की दिएको छ। बन्दुकधारीको एक समूहले मेसीको ससुराली स्वामित्वमा रहेको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार गर्दै मेसीलाई आक्रमण गर्ने धम्की दिएको हो।

मेसीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको रोसारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एउटा समूहले गोली प्रहारसहित मेसीलाई आक्रमणको धम्की दिँदै लिखित सन्देश छाडेका छन् ।

राजधानी ब्युनस आयर्सबाट ३ सय किलोमिटर उत्तरपश्चिममा रहेको रोसारियो अर्जेन्टिनाको तेस्रो ठूलो शहर हो।

मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा भनिएको छ, ‘मेस्सी ! हामी तिमीलाई पर्खिरहेका छौं, जाभकिन लागूऔषध तस्कर हो, उसले तिम्रो मतलव गर्दैन।’

रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागुऔषधसम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै संघीय अधिकारीहरूको आलोचना गरेका छन्।

रोजारियोका अभियोजक फेडेरिको रेबोलाले सुरक्षा क्यामेरा फुटेजको समीक्षा सुरक्षा अधिकारीहरूले गरिरहेका तथा प्रारम्भिक अनुसन्धान प्रारम्भ भएको बताएका छन् । मेस्सीका ससुरालीले यस प्रकारको धम्की पहिलोपटक पाएको बताएका छन्।

Happy
Happy
14 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
36 %
Surprise
Surprise
0 %
Previous post पिएनजीविरुद्ध दबाबमा नेपाल ५० रनमै ५ विकेट गुमायो
Next post आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित
Close