मेसीले रचे इतिहास, अर्जेन्टिना नकआउटमा

23 Jun, 2026
Share:
117 Shares

लियोनेल मेसीले विश्वकप फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

सोमबार राति डालासमा भएको खेलमा अस्ट्रिया विरुद्ध २ गोल गर्दै मेसीले यो कीर्तिमान आफ्नो नाममा लेखाए। कुल १८ गोल गरेका मेसीले जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमान तोडे। उनले १६ गोल गरेका छन्

खेलमा मेसी प्रेरित अर्जेन्टिना अस्ट्रियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ।

मेसीले गरेको पेनाल्टी प्रहार बाहिरिन पुगेपछि अर्जेन्टिनाले नवौं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । मेसीले विश्वकपमा ७ मध्ये ३ पेनाल्टीमा गोल गर्न चुकेका छन्। उनी विश्वकपमा सर्वाधिक पेनाल्टी मिस गर्ने खेलाडी पनि बने।

रक्षात्मक खेलेको अस्ट्रियाको पर्खालले तोड्दै मेसीले नै अन्ततः अर्जेन्टिनालाई ३८ औं मिनेटमा अग्रता दिलाए। फाकुन्डो मेडिनाको पासमा मेसीले आफ्नो परम्परागत शैलीमा पोष्टको कुना चाप्दै गोल गरेका थिए।

साथै मेसी विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी पनि बनेका छन्। यसअघि फ्रान्सका जस्टिन फोन्टेनले १९५८ मा र जर्जिन्होले १९७० को विश्वकपमा लगातार ६ खेलमा गोल गरेका थिए। मेसीले इन्जुरी टाइमको पाँचौं मिनेटमा अर्जेन्टिनाबाट दोस्रो गोल गरे। यसका साथै उनी विश्वकपमा लगातार ७ गोल गर्ने पहिलो खेलाडी बने।

पहिलो गोल लगत्तै उनको फ्रिकिक प्रहार पोष्टको केही बाहिरबाट गएपछि लगातार दोस्रो खेलमा ह्याट्रिक गर्न चुकेका थिए। उनले ह्याट्रिक गोल गरेपछि अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३–० ले पराजित गरेको थियो भने अस्ट्रियाले पहिलो खेलमा जोर्डनलाई ३–१ ले हराएको थियो।

मेसीले अर्जेन्टिनाबाट विश्वकपको पछिल्ला ६ खेलमा १० गोल गरिसकेका छन् र कुल गोल संख्या १८ पुर्‍याएका छन् । अर्जेन्टिना आजको जितसँगै समूह ‘जी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।