सलाह बने पिएएफए प्लेयर अफ दी इयर

20 Aug, 2025
Share:
117 Shares

लिभपुलको इजिप्सियन विंगर मोहम्मद सालह पिएफए प्लेयर अफ दी सिजन बनेका छन्।

अघिल्लो सिजन अर्न स्लटको टिम लिभरपुललाई च्याम्पियन बनाउने क्रममा महत्वपूर्ण भूमिका खेलेका उनलाई प्रोफेसलन फुटबलर्स एसोसिसनले सलाहलाई सिजनको उत्कृष्ट खेलाडी घोषणा गरेको हो।

यो अवार्ड सलाहले तेस्रो पटक तिजेका हुन्। यसअघि उनले सन् २०१७–१७ र २०२१–२२ मा यो अवार्ड जितेका थिए यो अवार्डा इजिप्टका एकमात्र खेलाडी हुन्।

यो अवार्ड जित्ने क्रममा सलाहले आफ्नै टिममेट एलेक्सिस म्याक एलिस्टर, चेल्सीका कोल पाल्मर, आर्सनलका डेक्लन रइस, म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस, न्युकासलका अलेक्जेन्ड इशाकलाई पछि पारे।

अघिल्लो सिजन सलाहले २९ गोल १८ असिस्ट गरेका थिए।

अघिल्ला दुई सिजन यो अवार्ड म्यान्चेस्टर सिटीका अर्लिङ हालान्ड र फिल फोडेनले जितेका थिए।

यस्तै, पिएफए योङ प्लेयर अफ दी इयरको अवर्डा एस्टन भिल्लाका मोर्गन रोजर्सले जितेका छन्।