जेनजी आन्दोलनले नेपाल र बंगलादेशबीचको खेल प्रभावित, भोलिको खेल स्थगित

8 Sep, 2025
Share:
117 Shares

भ्रष्टाचार र समाजिक सञ्जाल बन्द गर्ने सरकारको कमदविरुद्ध जेनजी पुस्ताले देशभर गरेको आन्दोलनको प्रभाव नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुबटलमा पनि परेको छ।

सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले बर्बर दमन गरेपछि देशभरको ठूला शहरहरुको अवस्थामा असामान्य बनेको छ। प्रहरीको दमनबाट २० जनाको मृत्यु भएको छ।

देशको स्थिति असामान्य बनेपछि नेपाल र बंगलादेशबीचको भोलि साँझ दशरथ रंगशालामा हुने भनिएको दोस्रो मैत्रीपूर्ण खेल स्थागित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) सोमबार साझ विज्ञप्ति जारी गर्दै खेल स्थागित भएको जनाएको हो।

एन्फाले स्थागित भएको खेल कहिले हुन्छ या हुँदैन भन्ने कुनै जानकारी दिएको छैन।

शनिबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।