मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड सीसँग नेपाल पराजित

7 May, 2024

मैत्रीपूर्ण खेल खेल्न इंग्ल्यान्ड पुगेको नेपाली टिम इंग्ल्यान्ड सीसँग पराजित भएको छ। सोमबार राति भएको खेलमा नेपाल इंग्ल्यान्ड सीसँग २–०ले विजयी भयो।

अल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा भएको खेलमा नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो । इंग्ल्याण्ड सी ले १२ मिनेटभित्रै दुई गोल गरेको थियो ।

खेलको आठौं मिनेटमा निक कामाम्बाले गोल गर्दै इंग्ल्याण्ड सी लाई अग्रता दिलाएका थिए । १२औं क्यालम स्टिडले गोल गर्दै इंग्ल्याण्ड टोलीको अग्रता दोब्बर पारेका थिए ।

त्यसपछि पनि इंग्लिस टोलीले नेपालमाथि दबाब बनाए पनि थप गोल गर्न सकेन ।

दुई गोल खाएपछि पनि नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो। नेपालका फरवार्डहरु जिलेस्पी जंग कार्की र सन्जिव विष्टले केही राम्रा मुभ बनाए पनि गोल गर्न सकेनन्।

कप्तान तथा गोलकिपर किरण लिम्बूको उत्कृष्ट प्रदर्शनका कारण नेपालले खेलमा दबाब बढाएको थियो । उनी म्यान अफ द म्याच पनि घोषित भए ।

नेपाली राष्ट्रिय टोलीले पहिलो पटक इंग्ल्याण्ड गएर खेलेको हो। यसअघि शनिवार ब्रिटिस आर्मी टोलीविरुद्ध पनि नेपालले खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।