नेपाल सुपर लिगलाई एन्फाले दियो अनुमति

Read Time:1 Minute

नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुमति दिएको छ। एन्फाले एनएसएललाई चैत २५ देखि जेठ १ गतेसम्म प्रतियोगिता आयोजनाका लागि बुधबार अनुमति दिएको हो।

यसअघि ए डिभिजन क्लबहरूले एनएसएल टिममा आफूसँग आबद्ध खेलाडी भएको विषयमा असन्तुष्टि जनाएपछि एनएसनएल विवादमा परेको थियो । ए डिभिजन क्लबहरुले आफूसँग खेलाडीको सम्झौता अवधि बाँकी रहँदै एनएसएलले अक्सन गरेकोमा आपत्ति जनाएका थिए ।

सोही विवाद समाधानका लागि एन्फाले गत चैत ३ गते अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलले एनएसएल आयोजना गर्न दिने निर्णयसहित एन्फा र एनएसएलबीच भएको सम्झौता स्वतः रद्द हुने, खेलाडी आबद्ध गर्दा ए डिभिजन क्लबसँग अपसी समझदारी हुनु पर्ने तथा खेलाडी र क्लब दर्ता एनएसएलले नै गर्ने निर्णय गरेको छ।

यस्तै, एन्फाले एनएसएलका लागि खेलाडी तथा क्लब दर्ता नगर्ने भएको छ। चौधरी ग्रुपअन्तर्गको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी एनएसएलको आयोजक हो।

विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टियूमा हुने एकदिवसीय र टि–२० सिरिज कान्तिपुरले लाइभ गर्ने
Next post ४४ वर्षपछि थाइल्यान्डसँग खेल्दै नेपाल
Close