नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आगामी मंसिरमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टलाई प्रतियोतिगा आयोजना गर्न मंसिर ९ देखि २१ मंसिरसम्मको समय दिएको हो।
लिग आयोनजाका लागि अक्सन पनि सकिइसकेको अवस्थामा विभिनन कारण लिग पटक–पटक सर्दै खाएको थियो । एन्फाले पछिल्लोपटक ०७८ चैत २६ देखि १ जेठसम्मको मिति दिएको थियो।
पहिलो संस्करणमा ७ टि सहभागी प्रतियोगिताको दोस्रो संस्करणमा आयोजकले ३ टिम थप्दै १० टिम बनाएको छ।
एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची सहभागी हुनेछन्। झापा, इलाम र वीरगञ्ज थपिएका टिम हुन्।
अब प्रतिोतिगा एन्फाले दिएको मितिमै हुने आयोजकले जनाएको छ। ‘नयाँ मिति पाएका छौँ । यो खुुसीको कुरा हो । फेरि एकपटक फ्रेन्चाइज फुटबलको रौनक बढ्नेछ,’ एनएसइएमका कार्यकारी निर्देशक सुदीप शर्माले भने।
अघिल्लो पटकको अक्सनमा सहभागी धेरै खेलाडी विदेश पलायन भइसकेकाले आयोजकले अक्सनका विषयमा पुनर्विचार गर्ने जनाएएको छ।