विश्वकप छनोटकाे समय तालिका सार्वजनिक, नेपालले तीनवटै खेल राति ९ः४५ मा खेल्ने

एफएफसीले विश्वकप छनोटका खेलको समय तालिका सार्वजनिक गरेको छ । एफसीले सर्वाजनिक गरेको तालिका अनुसार समूह बीमा रहेको नेपालले विश्वकप छनोटका बाँकी तीन खेल एउटै समयमा खल्ने भएको छ।

कुवेतमा हुने समूह बीका तीन वटा खेल नेपालले नेपाली समयअनुसार राति ९ः४५ बजे खेल्ने छ। नेपालले चाइनिज ताइपेइसँग जुन ३ मा खेल्ने छ भने जुन ७ जोर्डन र जुन ११ अष्ट्रेलियासँग खेल्नेछ ।

प्रशिक्षक अब्दुल्ला अलमुताइरीको नेतृत्वमा रहेको ३५ सदस्यीय नेपाली टिम प्रतियोगिताका लागि कुवेत पुगिसकेको छ। नेपाली टिम इराकसँग मैत्रीपूर्ण खेल खेलर उतैबाट स्थलमार्ग हुँदै कुवेत पुगेको हो। कुवेत पुगेर नेपाली टिमले पिसिआर परीक्षण गरिसकेको छ, रिपोर्ट आएपछि प्रशिक्षण सुरु गर्ने छ।

नेपालको विश्वकप छनोट अघिल्लो चरण पुग्ने सम्भावना गणीतिय हिसाबमा मात्र बाँकी छ । तर एसिया कप छनोट आशा भने बाँकी नै छ। नेपालले चाइनिज ताइपेइलाई हराउन सकने समूहमा चौथो हुँदै एसिया कप छनोटको तेस्रो चरणको प्लेअफ खेल्ने छ।

विश्वकप छनोट खेल्ने नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार।

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास।

मिडफिल्डर : विशाल राई, सन्तोष तामाङ, सुनिल बल, एरिक विष्ट, मनिष डाँगी, कमल थापा, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान, सुमन लामा ।

स्ट्राइकर : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा।

Facebook Comments Box