एसिया कप छनोटको तेस्रो चरण पुग्ला नेपाल ?

यतिखेर नेपाली राष्ट्रिय फुटबल टिममले सन् २०२२ को विश्वकप र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट खेलिरहेको छ।

कुवेतमा भइरहेको छनोटमा एक खेल मात्र बाँकी रहेको अवस्थामा नेपालको विश्वकप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिइसकेको छ । तर, एसिया कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी छ ।

एसिया कप छनोटको अघिल्लो चरण पुग्ने सम्भावना बाँकी रहेपनि त्यो नेपालका लागि त्यति सहज भने हुने छैन। किनभने तेस्रो चरणको छनोट खेल्न नेपालले प्ले अफको साहरा लिनु पर्ने पक्का जस्तै छ ।

त्यो किनभने दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले एसियन पावर हाउस अस्ट्रेलियाको सामना गर्दै छ। अस्ट्रेलियालाई हराउन सकेमात्र सिधै तस्रो चरणको छनोटमा पुग्ने नेपालको सम्भावना रहन्छ । अस्ट्रेलियालाई हराउनु नेपालका लागि असम्भव जस्तै रहेकाले प्लेअफ खेल्ने पक्का जस्तै भएको हो।

दोस्रो चरणका छनोटका ८ समूहका चौथो स्थानमा रहने शीर्ष ४ टिमले सिधै तेस्रो चरणको छनोटमा स्थान बनाउने छन्। समूह बीमा २ जितसहित ६ अंक जोडेर नेपाल चौथो स्थानमा छ, तर कोरोना महमारीका कारण उत्तर कोरियाले दोस्रो चरणको छनोटबाट नाम फिर्ता लिएपछि चौथो स्थानको शीर्ष ४ मा नेपालको सम्भावना कमजोर बनेको हो।

कोरियाले नाम फिर्ता लिएपछि प्रत्येक समूहका चौथो हुने टिमले पाँचौं स्थानमा रहने टिमसँग प्राप्त गरेको अंक नजोडिने भएपछि नेपाललाई घाटा भएको हो। नेपालले ६ अंक नै पाँचौं स्थानको चाइनिज ताइपेइविरुद्ध प्राप्त गरेको हो। त्यसैले चौथो स्थानको तालिकामा शुन्य अंकसहित नेपाल पुछारमा छ।

यस्तो छ छनोटको बाटो

यो विश्वकप-एसियन कपको छनोटमा आठ समूहमा ३९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रत्येक समूहका शीर्ष ८ आठ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार गरी १२ टिमले सिधै एसियाक कपमा स्थान बनाउने छन् । यस्तै, यी १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

प्रत्येक समूहका दोस्रो (दोस्रो स्थानका पुछारका ४) र तेस्रो हुने ८ तथा चौथो स्थानका उत्कृष्ट ४ टिमगरी १६ टिमले एसिया कपको तेस्रो चरणका छनोटमा खेल्ने छन्।

त्यसपछि चौथो स्थानका पुछारका ४ टिम र पाँचौं हुने ७ गरी ११ टिमले एसिया कपको तेस्रो चरणको छनोटमा स्थान बनाउन प्लेफ खेल्ने छन्। प्लेअफबाट ८ टिमले तेस्रो चरणको छनोटमा स्थान बनाउने छन्।

तेस्रो चरणमा सिधै छनोट भएका १६ र प्लेअफबाट आएका ८ गरी कुल २४ टिम सहभागी हुने छन्। यी २४ टिमलाई ६ समूहका विभाजन गरिने छ । यी ६ समूहका शीर्ष दुई टिमले एसिया कपमा स्थान बनाउने छन्।

यदि चीनले एसिया कप छनोट चरण पार गर्न नसकेमा तेस्रो चरणको छनोटबाट ११ टिमले मात्र एसिया कप खेल्न पाउने छन् । चीनले आयोजकका रुपमा छनोटमा असफल भएपनि एसिया कप खेल्ने छ। एसिया कप २४ टिम सहभागी हुने छन्।

Facebook Comments Box