सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एसियन कप छनोटमा नेपालले मलेसियासँग खेल्दै

एएफसी एसियन कप छनोटको समूह चरणमा नेपालले आज मलेसियासँग खेल्दै छ। खेल क्वालालम्बुरस्थित बुकित जलिल नेसनल स्टेडियममा नेपाली समय अनुसार बेलुका ६ः४५ बजे सुरु हुनेछ।

यो खेल दशरग रंगशालामै हुनुपर्ने थियो। तर, दशरथ रंगशालालाई एएफसीले मान्यता नदिएकाले नेपालले होम र अवे दुवै खेल मलेसियामै खेलेको हो।

नेपाल यसअघि नै एसियन कप छनोटबाट बाहिरिसकेको छ। छनोटमा नेपाल लागतार चार हार व्यहोरेको छ।

यसअघि मलेसियामा भएको खेलमा नेपाल २–०ले पराजित भएको थियो।

नेपाली टिम बंगलादेशसाग मैत्रीपूर्ण खेल खेलेर मलेसिया पुगेको छ। सो खेल २–२को बराबरीमा सकिएको थियो। नेपाली टिम पूर्वकप्तान हरि खड्काको प्रशिक्षणमा मैदानम उत्रने छ। मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि एन्फाले हरि खड्कालाई अन्तरिम मुख्य प्रशिक्षक बनाएको छ।

1.3Kशेयर