राष्ट्रिय फुटबल टिमका ३३ खेलाडी क्वारेन्टिनमा

नेपाली राष्ट्रिय फुबटल टिमका खेलाडी शुक्रबारबाट क्वारेन्टिनमा बसेका छन् । भदौ १ गतेदेखि प्रशिक्षण सुरु गर्ने तयारी स्वरुप काठमाडौं आइपुगेका ३३ खेलाडी शुक्रबारबाट सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

एन्फाले विश्वकप छनोटका आसन्न खेलका लागि प्रशिक्षण सुरु गर्न उपत्यका बाहिर रहेका सबै खेलाडीलाई शुक्रबारसम्म आइपुग्न भनेको थियो । सोही अनुसार काठमाडौं आइपुगेका ३३ खेलाडीले शुक्रबारबाट सेल्फ क्वारेन्टिन सुरु गरेका हुन् ।

५ दिन सेल्फ क्वारेन्टिमा बसेपछि खेलाडीहरुको स्वाव संगलन गरी कोरोना परीक्षण गरिने एन्फा प्रवक्त किरण राई जानकारी दिए । खेलाडीहरु आफ्नो घर तथा कोठामै सेल्फ क्वारेन्टिनमा रहेको छन् । क्वारेन्टिनको व्यवस्था नहुनेहरुलाई एन्फाले त्रिपुरेश्वरस्थित एक होटलमा क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको प्रवक्ता राईले जानकारी दिए ।

प्रारम्भिक टिममा रहेका सबै खेलाडी काठमाडौं आइपुगेका छन् । टिमा गरेका डिफेन्डर रञ्जित धिमाल भने घरासयी समस्याका कारण केही दिनपछि मात्र काठमाडौं आईपुग्ने बताइएको छ ।
खेलाडीहरुको कोरोना रिपोर्ट आएपछि अभ्यासको प्रक्रिया अगाडि बढाइने प्रवक्ता राईले बताए । कोरोना रिपोर्ट नेगेटिभ आएका खेलाडीलाई सातदोबाटोस्थित होस्टेलमा लगिने उनले बताए ।

‘खेलाडीहरु काठमाडौं आइपुगेका छन् । बाटोमा संक्रमण भएको हुन सक्छ’, टोलीका व्यवस्थापक मधुसुधन उपाध्यायले भने, ‘स्वास्यकर्मीको सल्लाहमा कम्तिमा पाँच दिनको समय राखेर कोरोना परिक्षण गराउन लागिएको हो ।’

सरकारले साउन सात गतेबाट औपचारिक रुपमा लकडाउन खुलेको घोषणा गरेपछि एन्फाले भदौ १ गतेबाट राष्ट्रिय टोलीको प्रशिक्षण थाल्ने योजना बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *