विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा, ६ नयाँ अनुहार

12 Mar, 2024

आसन्न विश्वकप छनोट र मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले ६ नयाँ खेलाडीलाई समेट्दै बहराइनविरुद्धको विश्वकप छनोट र मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिम घोषणा गरेका हुन्।

डिफेन्डरद्वय, अजय चौधरी र भाग्य राई, मिडफिल्डरद्वय विशाल बस्नेत र रोहन कार्की तथा स्ट्राइकरद्वय समिर तामाङ र सञ्जिव विष्टलाई प्रशिक्षक एनेसले पहिलो पटक टिममा राखेका छन्।

नेपालले विश्वकप छनोट अन्तर्गत नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई खेल खेल्दैछ। नेपालले चैत ८ गते बहराइनसँग घरेलु मैदानमा खेल्ने तालिका भए पनि दशरथ रंगशालमा खेलाउन लायक नभएपछि नेपालले दुवै खेल बहराइनमै खेल्न लागेको हो।

त्यसअघि नेपालले मलेसियासँग चैत २ गते उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ। उतैबाट नेपाली टिम बहराइन जाने छ।

मंगलबार एक कार्यक्रम गर्दैै अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीको बिदाई छ।

किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टिम भोलि मलेसिया प्रस्थान गर्ने एन्फाले जनाएको छ।

नेपाली टोली : किरण चेम्जोङ, विशाल सुनार, अभिषेक बराल (गोलकिपर), अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ,सौभाग्य राई, सुमित श्रेष्ठ (डिफेन्डर), भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई (मिडफिल्डर), अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट (स्ट्राइकर) ।