इंग्ल्यान्ड सी टिमसँग खेल्ने नेपाली टिमको घोषणा

14 Apr, 2024

इङल्यान्ड सीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम प्रारम्भिक छनोट गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आतबार २८ सदस्यी टिम घोषणा गरेको छ

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले टिममा पारिवारिक कारण बहराइन जान नसकेका डिफेन्डर रोहित चन्द टिमा पर्दा त्रिभुवन आर्मीका फत्तेमान घलेले टिममा स्थान बनाएका छन्। उनी पहिलो टिममा परेका हुन्।

यता, बहराइनविरुद्धको खेलमा टिममा नरहेका मिडफिल्डर एरिक बिष्ट, विंगर आयुष घलान र गोलकिपर दिप कार्कीलाई भने मुख्य प्रशिक्षक एनेसले यो पटक पनि स्थान दिएनन्।

मुख्य प्रशिक्षक एनेसले बहराइनविरुद्ध खेलेका अधिकांश खेलाडीलाई टिममा समेटेका छन्।

नेपालले मे ६ मा इङल्यान्ड सीसँग एल्डरसटमा मैत्रीपूर्ण खेल खेल्नेछ।

नेपाली टिम : किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, सन्तोष महत (गोलकिपर), अभिषेक लिम्बु, अनन्त तामाङ, बिमल पाण्डे, बिशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिष श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ (डिफेन्डर), भरत खवास, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की (मिडफिल्डर), अन्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, राजेश परियार (स्ट्राइकर)