नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आजबाट

Read Time:1 Minute

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आजबाट सुरु हुने भएको छ । कोरोना भाइरसका कारण ७ महिनादेखि रोकिएको प्रशिक्षण बिहीबारबाट सुरु हुन लागेको हो ।

बंगलादेशविरुद्धको २ मैत्रीपूर्ण खेलका लागि एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण बिहीबारबाट सुरु गर्न लागेको हो । राष्ट्रिय खेलकुद परिषद्ले अनुमति दिएपछि प्रशिक्षण गर्न लागिएको हो ।

नेपालले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते बंगलादेशमै मैत्रीपूर्ण खेल खेल्ने छ । एन्फाले प्रमुख प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनलाई प्रमुख प्रशिक्षक बनाएको छ ।

कोरोना महामारीका कारण प्रशिक्षण अवधि छोटो भए पनि बंगलादेशविरुद्ध सकारात्मक नतिजा आउनेमा आफू विश्वस्त रहेको महर्जन बताउँछन् । किरण श्रेष्ठलाई सहायक प्रशिक्षक तथा विकास मल्ललाई गोलिकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ । फिफा वरीयतामा नेपाल १७० औं र बंगलादेश १८७औं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रास्फोर्डको ह्याट्रिकमा युनाइटेडको सानदार जित, पिएसजीले स्तानबुललाई हरायो
Next post प्रशिक्षणमा सहभागी पाँच फुटबलरमा कोरोना संक्रमण
Close