फिलिपिन्सविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

एएफसी महिला एसियन कप छनो अन्तर्गतको फिलिपिन्सविरुद्धको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ । उज्वेकिस्तानमा जारी खेलमा नेपालले बलियो फिलिपिन्सविरुद्ध पहिलो हाफमा १–०को अग्रता लिएको हो।

नेपालले खेलको १०औं मिनेटमा अग्रता लियो । नेपालकी विमला चौधरीले हेडिङमार्फत् गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

विमला पहिलो हाफमा पुरा समय मैदानमा रहन भने सकिनन् । उनी ३९औं मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भइन् । उनको स्थानमा स्ट्राइकर अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन्।

महिल एसियन कप छनोटमा नेपाल समूह एफमा छ । यो समूहमा नेपाल, फिलिपिन्स र हङकङ छन्। शीर्षस्थानको टिम एसियन कपमा छनोट हुने छ।

Facebook Comments Box