नोभेम्बरको अन्तर्राष्ट्रिय ब्रेकसम्म नेमार मैदानबाहिर रहने

गत साता घाइते भएका फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्ट्राइकर नेमार नोभेम्बरको अन्तर्राष्ट्रिय ब्रेकसम्म मैदान बाहिर रहने भएका छन् । च्याम्पियन्स लिग अन्तर्गत स्तानबुलविरुद्ध नेमारले ‘ग्रोइन’मा चोट बोकेका थिए ।

चोटका कारण नेमारले पहिलो हाफको २६औं मिनेटमै मैदान छाडेका थिए । सो खेलमा पिएसजी २–०ले विजयी भएको थियो । पिएसजी प्रशिक्षक थोमस टुचेलले पनि नेमार केही साता मैदानबाहिर रहेन बाताएका छन् । उनले नोभेम्बरको अन्तर्राष्ट्रिय ब्रेकपछि नेमार मैदान फर्किने विश्वास व्यक्त गरे।

अन्तराष्ट्रिय ब्रेकअघि पीएसजीले तीन म्याच खेल्नेछ । लिग वानमा शनिबार पीएसजीले नान्टविरुद्ध खेल्नेछ । यस्तै, च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब आरबी लाइपेजिग र अर्को शनिबार रेनेसविरुद्ध खेल्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.