सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एनएसएलमा झापासँग रोकियो ललितपुर, गुमायो शीर्ष स्थानमा उक्लने मौका

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल)मा लतिलपुर सिटी एफसीले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ।

लिगको छैठौैं खेलमा शुक्रबार साँझ दशरथ रंगशालामा झापा एफसीसँग गोलरहित बराबरी खेलेपछि ललितपुरले धनगढी एफसीलाई उछिन्दै शीर्ष स्थानमा उक्लने अवसर गुमाएको हो।

खेलमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। पहिलोमा झापाले उत्कृष्ट खेल पस्किँदै ललितपुरमाथि दबाब बनाएको थियो भने दोस्रो हाफमा लतिलपुर हावी भएको थियो।

६ खेलमा १० अंक जोड्दै ललितपुर दोस्रो स्थानमै यथावत रहँदा चौथो बराबरी खेलेको झापा समान खेलबाट ७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ।

1.3Kशेयर