ब्राजिलमा पेलेको नाममा रंगशाला

महान फुटबल पेलेको नाममा ब्राजिलमा रंगशालाको नाम राखिने भएको छ। ब्राजिलको प्रसिद्ध माराकाना स्टेडियमको नाम परिवर्तन गर्दै लिजेण्ड फुटबलर पेलेको नामाकरण गरिने भएको हो।

ब्राजिलमा फुटबलको भगवान हेरिने पेलेको सम्मानमा माराकाना स्टेडियमको नाम पेलेको नाममा राखिन लागिएको हो । माराकाना स्टेडियमको नाम परिवर्तन गर्दै पेलेको नाम राख्न रियो द जेनेरियोको विधानसभाले अनुमति दिएको छ। विधानसभामा भएको मतदानबाट नाम परिवर्तनको स्वीकृति पाएको हो । अब सो स्टेडियमको नाम ‘रेइ पेले स्टेडियम’ हुने छ।

८० वर्षीय पेलेले ब्राजिललाई ३ पटक विश्वकप दिलाएका थिए । पेलेले सन् १९९६ मा माराकाना स्टेडियममै १ हजार गोलको कोशेढुंगा पार गरेका थिए ।

माराकाना स्टेडियममा सन् १९५० र सन् २०१४ को विश्वकप फाइनल भएको थियो । यस्तै सन् २०१६ को ओलम्पिकको उद्घाटन पनि माराकानामा भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.