कोलम्बियासँग रोकियो पोर्चुगल, पुनरागमन जितसँगै कंगो नकआउटमा

28 Jun, 2026
Share:
117 Shares

फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा डीआर कङ्गोले उज्बेकिस्तानलाई पराजित गरेको छ ।

आइतबार बिहान भएको खेलमा डीआर कङ्गोले उज्बेकिस्तानलाई २(१ ले पराजित गरेको हो ।

६८ औं मिनेटमा कंगोका योवान विसाले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको ७८औं मिनेटमा फिस्टोन मायेलीले गोल गरे ।

यससँगै डीआर कङ्गो अन्तिम ३२ मा स्थान बनाउने दिशामा अघि बढेको छ ।

उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

यसैगरी आज भएको खेलमा कोलम्बिया र पोर्चुगलबीचको बराबरीमा सकिएको छ। दुवै टोली गोलको खोजीमा रहे गोल गर्न सकेनन्।